सीएफ मोटोको टेस्ट ड्राइभ र बुकिङ सुरु

विश्वप्रख्यात दुईपांग्रे ब्रान्ड सीएफ मोटो तथा जीहोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स गु्रप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटोको एनके २५०, एसआर २५०, एनके ४५० तथा जीहोको एई ६ एलआर (डबल ब्याट्र) र सिटी स्पोर्टस् मोडलहरु सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुल्ला गरेको छ ।

सीएफ मोटोका उत्पादनहरुलाई उत्कृष्ट बिक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्रीपछि पनि सेवा र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने हेतुले रिलायन्स ग्रुप आधिकारिक विक्रेताको रुपमा छनोट भएको हो ।

विभिन्न उमेर समूह लक्षित सीएफ मोटोका उत्पादन र विद्युतीय सवारीसाधन रोज्नेहरुका लागि जीहो ब्रान्डले नेपालमा नयाँ कोशेढुंगा स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ ।
सीएफ मोटो तथा जीहोका उत्पादनहरुको टेस्ट ड्राइभ र बुकिङ गर्न कम्पनीको नक्साल झम्सीखेल तथा सल्लाघारी स्थित आधिकारिक शोरुममा गर्न सकिने जानकारी कम्पनीले जनाएको छ ।

नयाँ आधिकारिक वितरक नियुक्त भएसँगै ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहोलाई नेपालकै अग्रणी २ पाङ्ग्रे बनाउने ध्येयले समय सापेक्षिक योजना तथा उत्पादनहरु सार्वजनिक गर्ने पनि जनाएको छ । जस अन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार तथा रोड साइड सहायता सेवा लगायतका विभिन्न कार्यहरु सुरु पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर