‘फर्की फर्की’बारे कलाकारको प्रतिक्रियाः अनमोलको हालसम्मकै उत्कृष्ट फिल्म

नेपाली चलचित्र ‘फर्की फर्की’ आजदेखि प्रदर्शनमा आएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचत्रिको प्रिमियर शो सम्पन्न भएको थियो । प्रिमियर शोपछि रंग पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र धेरै नै राम्रो रहेको र विशेष गरी चलचित्रका प्राविधिक पक्षहरु झनै उत्कृष्ट रहेको बताए ।

उनले चलचित्रमा अभिनेता अनमोल केसी र जसिता गुरुङको अभिनय उत्कृष्ट रहेको बताऐ । निर्देशन पक्ष एकदमै सबल रहेको र सिनेमा हेर्दा आफूलाई कोरियन सिनेमा हेरेको जस्तो अनुभुति भएको बताए । उनले नेपालको आधुनिक शहरीकरण गरिएको जस्तो चलचित्र हेरेको महशुस भएको बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकारहरुको अभिनय उत्कृष्ट रहेको बताए । चलचित्र कस्तो छ भन्ने कुरा दर्शकहरुले मूल्यांकन गर्ने कुरा भएको उनको भनाइ छ । अभिनेत्री वसुन्धरा भुषालले चलचित्र धेरै नै राम्रो रहेको र नयाँ पुस्ताका लागि झनै राम्रो रहेको बताइन् ।

अभिनेत्री सुरक्षा पन्तले चलचित्र धेरै नै राम्रो रहेको बताइन् । उनले नयाँ खालको आइडियामा चलचित्र बनाउनु पनि उत्कृष्ट रहेको धारणा राखिन् । अभिनेता दीपकराज गिरीले चलचित्र फर्की फर्की खर्चालु सिनेमा रहेको र मन खालेर चलचित्र निर्माणका लागि खर्च गरिएको बताए । चलचित्रमा अनमोलको अभिनय सबैभन्दा राम्रो रहेको बताए ।

चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरुण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन्। नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल छन् । फिल्ममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर