‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्का भन्छन्– वास्तविक जीवनमा छिट्टै विवाह हुन्छ

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । प्रिमियर हेर्न कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता आर्यन सिग्देलले दर्शकको प्रतिक्रियाको आफू भोको रहेको र सोहीअनुसार दर्शकहरुले राम्रो रहेको प्रतिक्रिया दिएकोमा खुशी लागेको बताए । उनले सिनेमा र सिनेमाको पात्र हेरिसकेपछि राम्रोसँग निभाएको अनुभव भएको बताए । । पुजार सार्कीले उठाएको विषय आफ्नो लागि आफ्नो जीवन र सिनेमाको लागि इतिहास रहेको उनको भनाइ छ ।

अभिनेता प्रदीप खड्काले विवाहको सम्बन्धबारेको प्रश्नमा वास्तविक जीवनमा अब छिटै विवाह गर्ने बताए । अभिनेत्री अञ्जना बराइलीले चलचित्र मन पराउनुले चलचित्रमा अभिनय गर्ने पात्रहरु सबैले न्याय दिन सकेको आफूले बुझेको बताइन् । त्यस्तै अर्की अभिनेत्री परीक्षा लिम्बूले दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेकाले खुशी लागेको बताइन् ।

बिहीवार (आज) बाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचत्रिमा प्रदिप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *