सान्भी अटोलिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्यो टिभिएसको नयाँ शोरुम

सान्भी अटोलिङ्कले नयाँ बानेश्वरंमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । बिहिवार हाँस्य कलाकार सन्दिप क्षेत्री र सांसद दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरे ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवद्र्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने सान्भी अटोलिङ्कका संचालक श्रीकृष्ण थापाले प्रतिबद्धता जनाएका छन् ।

उपभोक्ताहरुको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ संचालन भएको सान्भी अटोलिङ्कको नयाँ शोरुमले टिभिएस बाईक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *