नेपाल प्रहरीका सई र असईसहित १९ जनालाई हाजिर हुन् आईजीपीको ताकेता

प्रहरी प्रधान कार्यालयले लामोसमयदेखि गैरहाजिरी रहेका आफ्ना दुईजना जुनियर अधिकृतसहित १९ जना प्रहरीलाई समयमै हाजिर हुन् सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालय, कानून शाखाले प्राविधिक प्रहरी नायव निरीक्षक अन्जन सिम्खडा र
प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेसहित अन्य १९ जनालाई हाजिर हुन् सूचना निकालेको हो ।

सूचनामा आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआकोले हाजिर हुन आउने बारे यो सूचना प्रकाशित गरिएको उल्लेख छ।

शाखाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउन भनिएको छ ।

यी हुन् गैरहाजिर रहेका प्रहरीहरु:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *