संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल बैठक बस्दै

सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज पनि बस्ने भएको छ ।

बैठक सिंहदरवारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ८ बजे सुरु हुनेछ ।

यसअघि हिजो बसेको बैठक निष्कर्षविहीन बनेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्ष विहीन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको दाबी थियो ।

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकार पक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउन सक्ने आशय आएको र आफूहरूले अस्वीकार गरेको बताएका थिए ।

कार्यदलमा रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनाल, काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र  जीवन परियार रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर