त्रिभुवन विमानस्थलको धावनमार्गमा प्वाल देखिएपछि उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा प्वाल परेको देखिएपछि विमानस्थलबाट हुने उडान र अवतरण बन्द भएको छ । विमानस्थल कार्यालयका अनुसार धावनमार्गका सानो क्र्याक देखिएकोले आधा घण्टादेखि विमानस्थल बन्द भएको छ ।

अझै त्यसको समाधान गरेर विमानस्थल सञ्चालन गर्न अर्को आधा घण्टा लाग्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । उक्त समस्याको निरीक्षण गरेर आवश्यक समाधान गर्न करीब एक घण्टा लाग्ने भएकोले विमानस्थल बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयको अन्तर्राष्ट्रिय टर्मिनन (टीडीओ)ले जानकारी दिएको छ ।

विमानस्थलको धावनमार्ग मर्मत गरुन्जेल काठमाडौं अवतरण गर्ने तयारीमा रहेको थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेर र मलेसियाबाट आएको मलेसियन र नेपाल वायुसेवा निगमले होल्ड गरिरहेको पनि विमानस्थल कार्यालयको भनाइ छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *