वर्ल्डलिंकको इन्टरनेशनल लिंक डाउन, बिहानैदेखि इन्टरनेट अवरुद्ध

वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडको इन्टरनेटमा समस्या आएको छ । आज बिहानैदेखी इन्टरनेशनल लिंक डाउन हुँदा इन्टरनेट सेवा अवरुद्ध बनेको हो ।

बिहानैदेखि सुस्त गतिमा इन्टरनेट चलिरहेको र पछिल्लो दुई घण्टादेखि पूर्ण रुपमा सेवा अवरुद्ध भएको सेवाग्राहीहरुले बताएका छन् । सेवाबारे ग्राहक प्रतिनिधिसँग कुरा गर्दा सर्वसाधारणलाई सिनियर टिमले बनाउदै गरेको र कहिलेसम्म बन्ने निश्चित नभएको जानाकारी गराउदै आएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरुले सेवामा समस्या देखिएको स्वीकार गर्ने गरेपनि के भएको भन्नेबारे वास्तविक जानाकारी नगराउने गरेको गुनासो छ । पछिल्लो समय वर्ल्डलिंकको इन्टरनेटमा समस्या आउन थालेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । भक्तपुरकी निर्मला सिलवालले भनिन् ‘वर्डलिंकको इन्टरनेटमा समस्या आएकोआई गरेपछि मैले त हटाइदिए, सेवा लिन नपाएपछि के काम, उनले भनिन् ।’

केही दिन अघि वर्ल्डलिंकको इन्टरनेट सेवा देशभर अवरुद्ध बनेको थियो ।  भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा नतिरेको भन्दै इन्टरनेट सेवा काटिदिएको थियो । रकम भुक्तानी नगरे जुनसुकै बेला पनि काटिन सक्ने चेतावनी दिएको थियो । अहिले पनि सेवा अवरुद्ध भएसँगै कतै अझै भुक्तानी गर्नुपर्ने रकम नदिएर फेरि इन्टरनेट सेवा काटिएको होकी भन्ने सेवाग्राहीहरुले अनुमान गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *