सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ। काँग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको हो।

बैठक शुरु हुनासाथ नेपाली काँग्रेसका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर बिरोध जनाएका थिए भने सांसदहरुले बोल्नका लागि समय माग गरेका थिए। सभामुख देवराज घिमिरेले बोल्नका लागि वातावरण बनाउन भन्दै बसेर सहयोग गर्न आग्रह गरेका थिए।

तर काँग्रेस सांसदहरु बस्न तयार नभएपछि सभामुखले कुनै कार्यसूची अगाडी नबढाइ बैठक स्थगित भएको जानकारी गराएका थिए। बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसदहरुले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाए।

सांसद प्रदीप पौडेलले सभामुखले काँग्रेस सांसदहरुलाई बोल्न नदिएको भन्दै संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताए। उनले सत्ताको इराशामा संसद एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाए।

उनले भने,‘प्रतिपक्षले बोल्न पाउनुपर्‍यो भन्दा सभामुखले बोल्न दिनुभएन। संसद प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसदले उल्लंघन गरेको छ। सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ। सभा शुरु हुनुअगाडी प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको स्थिति थियो। आज त्यो पनि बन्द गरिएको छ। त्यसबाट संसद एकलौटी ढंगबाट चलाउने, जर्बजस्त गर्ने, सभामुख सम्पूर्ण रुपमा सत्ताको इसारामा चल्ने स्थिति बनेको छ। त्यो ढंगबाट अगाडी जाने उहाँहरुको कोशिस देखिन्छ।

संसदले हल निकाल्ने होइन सरकारबाट संसदमा समस्या सिर्जना गर्ने, संसदलाई बन्दी बनाउने, संसदबाट प्रक्रियागत ढंगले होइन संसदलाई नियन्त्रण गरेर जर्बजस्ती अगाडी बढ्नेगरी कार्यदिशा तय गरिएको आजको सभामुखको भुमिकाबाट प्रष्ट हुन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *