सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार तीन दिन म्याद थपेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो । तर इजलासले ३ दिन मात्र म्याद थपेको छ ।

नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *