संसदीय छानबिन समिति बनाउनेबारे भएको छलफल सकारात्मक : काँग्रेस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सत्तापक्ष र प्रतिपक्षी दलको बैठक सकारात्मक भएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

शुक्रबार अपराह्नमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा सहकारी ठगी, अपचलन तथा हिनामिना सम्बन्धी संसदीय छानबिन समिति बनाउने विषयमा छलफल भएको उनले बताए। उक्त छलफल सकारात्मक भएको उनले बताए।

त्यस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्ने नराख्ने भन्ने विषयमा कुन भाषा शैलीमा लेख्ने भन्नेबारे बसेर छलफल मिलाइने बताए।

बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी भने सहभागी थिएन ।

काँग्रेसले सुप्रिम, सूर्यदर्शनलगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीकै संलग्नता देखिएको भन्दै छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने अडान राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *