आशातीत पदक प्राप्त गर्न पाठ्यक्रममा खेल विषय समावेश हुनुपर्छ : राखेप सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विद्यालयस्तरबाटै खेलकुद विषय अनिवार्य पाठ्यक्रमका रूपमा समावेश गर्न नसकिए आशातीत पदक प्राप्त गर्न कठिन हुने बताएका छन् ।

नक्सालमा शुक्रवार भएको नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) को १९औं वार्षिक साधारण सभाको उद्घाटनका अवसरमा राखेप सदस्यसचिव घिसिङले खेलको विशुद्ध प्राविधिक तालिमका आधारमा मात्र पदक प्राप्त गर्न नसकिने प्रष्ट पारे ।

उनले विद्यालयस्तरमा खेल विषय समावेश गर्नसके मात्र नेपाली खेलकुदले सफलता प्राप्त गर्न सम्भव हुने औंल्याए । साथै उनले नेपाली खेलकद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने धारणा राखे ।

खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको उल्लेख गर्दै सदस्यसचिव घिसिङले पत्रकारहरुले सबै खेलका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नुपर्ने बताए । उनले पत्रकारिताको आयाम फेरिरहेको र यस्तोमा खेल पत्रकारले खेल जगतलाई दीर्घकालिन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनुपर्ने आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *