
छिचोलियो फास्ट ट्र्याकको धेद्रे सुरुङमार्ग


सांकेतिक तस्बिर।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रवार छिचोलिएको छ ।
प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १,६५३ मिटरको उक्त सुरुङमार्ग छिचोलिएको सेनाले जनाएको छ ।
यसअघि गत जेठ ४ मा १४३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग हो । रक्षा मन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरण राज शर्मा, लगायतको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो ।
- एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : अर्थमन्त्री पौडेल
- इजरायल र इरान युद्धको विरोधमा काठमाडौंमा शान्ति समाजको प्रदर्शन
- मोदी–ट्रम्पबीच ३५ मिनेटको टेलिफोन वार्ता, आतंकवाद र ‘अपरेसन सिन्दूर’मा छलफल
- सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैन : प्रेमलाल महर्जन
प्रतिक्रिया