बजेटमा स्रोतविहीन आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्छः रवि सिंह

नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटमा स्रोतविहीन आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सरकारले विगतमा स्रोत सुनिश्चितता गरेर अघि बढाएका आयोजनाहरुमा अहिले स्रोतविहीन भएर अलपत्र रहेकाले त्यस्ता आयोजनाहरु खारेज गरेर बजेट ल्याउनुपर्ने बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष सिंंहले सरकारले ५ खर्ब ८५ अर्बको योजनाहरुले जनतालाई अनावश्यक आशा जगाएको तर निर्माण सम्पन्न गर्न स्रोत नभएको बताए ।

उनले लामो समयदेखि स्रोत सुनिश्चितता हुने तर काम नहुने आयोजनामा बजेट राख्न नहुने बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन सफल गर्ने बजेट ल्याउन आवश्यक रहेको सिंहको भनाइ छ ।

‘लामो समयदेखि स्रोत सुनिश्चितता हुने तर काम नहुने भनेर जनता विकास योजनाहरुको ठूलो आकारमा बजेट बन्ने तर ६ महिनामा संशोधन हुने बजेटको ४० प्रतिशत मात्रै काम सम्पन्न गर्ने खालको बजेट बन्नु हुँदैन । आगामी वर्षको बजेट पुँजीगत र विकास बजेटलाई प्राथमिकतामा राखेर हुने योजनाहरु प्राथमिकतामा परोस् । २० हजार बढी आयोजनाहरुको म्याद थप भएको छ । आगामी दिन स्रोतको लागि पुनः म्याद थप गर्नुपर्ने अवस्थाको सिर्जना नहोस्,’ सिंहले भने ।

उनले अर्थमन्त्रीले आउने बित्तिकै निर्माण व्यवसायीहरुलाई दिनुपर्ने ४० अर्ब भुक्तानी जोहो गर्ने भने पनि अहिलेसम्म व्यवसायीहरुले नपाएको बताए । सरकारले भुक्तानी गरेको भन्दा भुक्तानीको दायित्व थुप्रेर गएको भन्दै अझै पनि राज्यले ७० अर्ब रुपैयाँ भुक्तानी नगरेका कारणले चालु आर्थिक वर्षमा व्यवसायीहरुले काममा तदारुकता देखाउन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *