सहकारीको छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु

सहकारीको बचत अपचलनमा छानबिन गर्न बनाइने संसदीय छानबिन समितिका लागि कार्यादेश (टीओआर) टुंग्याउन कार्यदलको बैठक सुरु भएको छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी कांग्रेसबीच सहकारीको बचत अपचलनमा छानबिन गर्न समिति बनाइने सहमति भए पनि हालसम्म समितिको क्षेत्राधिकार टुंगो लाग्न सकेको छैन । क्षेत्राधिकार टुंगो लगाउन कार्यदल गठन भए पनि केही दिनयता छलफलमै सीमित भएको छ ।

आजको बैठकबाट सहमति हुनसक्ने कार्यदलका सदस्यहरुको दाबी छ । कांग्रेसले रवि लामिछानेको नाम राख्नुपर्ने अडान राखेको छ भने सत्ता पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गर्ने कार्यदलमा नेपाली कांग्रेसबाट जीवन परियार, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर