सहकारी प्रकरण : कम्पनीको नाम तोकेर संसदीय छानबिन समिति बनाउन सहमति, शिर्ष नेताबाट अन्तिम टुंगो लाग्ने

सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ ।

शनिवार सिंहदरबारमा बसेको कार्यादलको बैठकमा सो सहमति जुटेको हो । यद्यपि शिर्ष नेताहरुको बैठकपछि मात्रै अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बन्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । उनका अनुसार बैठक आज नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शिर्ष नेताहरुको बैठकपछि मात्रै संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने बताए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विगत लामो समय यता उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरी सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ । संसदको अवरोध हटाउन सत्ता पक्षले सहकारीको रकम अपचलन गर्ने कम्पनीको नाम तोकेर कार्यादेश बनाउन तयार भएको बताए ।

उनले भने, ‘कार्यदलको बैठक यसअघिका बैठकहरु भन्दा धेरै नै अघि बढेर सहमितको नजिक पुगेका छाँै । हामी टुंगोमा पुगिसकेका छैनाँै । यसबाट निस्किसकेपछि बालुवाटारमा दलका शिर्ष नेताहरुसँग हामी बस्नेछौँ । यो छलफलमा भएका कुराहरु शिर्ष दलका नेताहरुसँग राख्छौँ । हामीलाई के विश्वास छ भने जुन ढंगले हामीले छलफल गरेका छाँै, त्यसको विस्तृत विषय शिर्ष नेताहरुको बीचमा राखिसकेपछि यसलाई अन्तिम टुंगोमा पु¥याउन बैठक निकै नै महत्वपूर्ण भएको छ । यसको विषय बालुवाटारको बैठकबाट निस्कर्षमा पुग्नेछ । विगतमा सहकारीबाट रकम लगेर हिनामिना, अपचलन भएको विषयलाई यो यो सहकारीबाट रकम अपचलन भएको हो । कम्पनीका यि व्यक्तिले अपचलन गरेको लेख्नुपर्छ भन्ने त्यो मागका साथ प्रमुख प्रतिपक्ष लगायतका राजनीतिक दलहरुले उठाउँदै आउनुभएको थियो । मुलुकका संकटग्रस्त रहेका सहकारी र खासगरी सार्वजनिक मिडियामा आएका र संसदमा उठेका कुरा सम्बन्धी छानबिन गरौँ भन्ने थियो । आज हामी जुनजुन सहकारीबाट रकम लगिएको छ वा त्यसबाट नियम विपरित रकम गएको छ, जुन कम्पनीहरुबाट लिइएको छ भन्ने ति कम्पनी र सहकारी संस्थाको नाम लेखेर छानबिन गर्ने आजको बैठकमा छलफल भएको छ । व्यक्तिलक्षित नाम किटान हुनु हुँदैन भन्ने हिसावमा समिति गठन गर्ने सकारात्मक भएको हो ।’

उनले कम्पनीको छानबिन गर्दै जाँदा अपचलन गर्नेहरुको नाम स्वतः आउँदै जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर