भारतमा लोकसभा चुनाव : हालसम्म ५० करोड ७२ लाखले गरे मतदान

भारतमा भइरहेको १८औं लोकसभा चुनावमा हालसम्म ५० करोड ७२ लख ९७ हजार २८८ जनाले मतदान गरेका छन् ।

त्यहाँको चुनाव आयोगले चुनावको पाँचौं चरणसम्म कूल मतदाताको ६२.२० प्रतिशत मतदान भएको जानकारी दिएको हो ।

अप्रिल १ देखि शुरु भएको मतदान सात चरणमा सम्पन्न हुनेछ । पहिलो चरणको मतदान १९ अप्रिल र पाँचौं चरणको मतदान २० मे मा भएको थियो । निर्वाचन नतिजा ४ जुनमा सार्वजनिक गर्ने चुनाव आयोगले जनाएको छ ।

पहिलोदेखि पाँचौं चरणसम्म भारतका ५४३ मध्ये ४२८ लोकसभा सीटका लागि मतदान प्रक्रिया पूरा भएको छ । आज (मे २५) मा छैठौं चरणको मतदान भइरहेको छ ।

चुनाव आयोगले समयमै मतदानसम्बन्धी तथ्याङ्क सार्वजनिक नगरेपछि विपक्षीहरूले सवाल उठाइरहेका थिए । मताधिकार प्रयोग गरेका मतदाताको आंकडा सार्वजनिक गर्न आयोगमाथि दबाब परिरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर