हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको हरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट भएको थियो । त्यस्तै यस अघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो ।

हरिकेन्सविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो ।

अब नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ ।  नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर