बजेट आउनु अघिसम्म संसदीय समिति बनाउन सहमति हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन् ।

आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज (आइतबार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए ।

‘मैले केही दिनदेखि लगातार राजनीतिक दलहरुसँग, प्रतिपक्ष दलका नेताहरुसँग छलफल आयोजना गरिराखेको छु र यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ । हामी सहमति र समझदारीको धेरै नजिक पुगेको पनि बेला–बेलामा हामीले महशुस गरेका छौं । आज बिहान मात्रै पनि मैले कांग्रेसका सभापति लगायतका नेताहरुसँग बुढानिलकण्ठमा नै पुगेर सभापतिजीको घरमै पुगेर पनि सहमतिको निम्ति प्रयास गरेको छु । र मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । किनकी हामी त्यसको नजिकै छौं,’ प्रचण्डले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर