गृहमन्त्रीको नामसहित छानबिन समिति बनाउनुपर्ने अडानबाट पछि हट्दैनौंः कांग्रेस

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरण छानबिन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद परियारले कार्यदल बैठक कांग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यहीँ भएको बताए ।

उनले आफूहरु गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सो कुरामा सहमत नभएको बताए । सत्तापक्ष विभिन्न शब्दहरुमा खेलिरहेको उनको आरोप थियो ।

विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग सम्बद्ध पदाधिकारीहरुलाई छानबिनको दायरामा नल्याएसम्म कांग्रेस मान्नेवाला नरहेको परियारले स्पष्ट पारे । कार्यादेशमा सहमति भएर संसदीय छानविन समिति बनेन भने बजेट प्रस्तुत हुँदा पनि आफूहरुको आन्दोलन जारी रहने बताए ।

‘कार्यदलको बैठकमा कांग्रेसले उठाउँदै आएको विषयमा सत्तापक्षले के भनेको छ भने हामी रवि लामिछानेको नाम राखेर टिओआर बनाउन हामी असमर्थ छौँ । हाम्रो बटमलाइन त्यही नै हो भनेर पटक–पटक भन्नुभयो । तर अन्य कुरामा सहमत छौँ भनेर उहाँहरुले भन्नुभयो । हामी नजिक पुगेका छौँ पनि भन्नुहुन्छ । तर एकपछि अर्को र पछिल्लो दिनमा आइपुग्दा अन्य शब्दावलीमा उहाँहरु खेलिरहनु भएको छ । त्यसकारण नेपाली काँग्रेस पार्टी जहाँ अडिएको छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर