४ करोडको कोकिन निलेर कंगोदेखि काठमाडौंसम्म

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले १ किलो १०१ ग्राम कोकिनसहित एक कंगो नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीया एपुला इकुट्सु एमबोङ्गो छिन् । उक्त कोकिनको बजार मूल्य करिब ३ करोड ८५ लाख रुपैयाँ बराबर पर्ने ब्युरोले जनाएको छ ।

उक्त महिलालाई शुक्रबार ठमेलबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्की बताए । कार्कीका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी सदस्य हुन् । यही जेठ ४ मा उनी दुबईबाट काठमाडौं आएकी थिइन् ।

प्रहरीले शंका लागेपछि उनको निगरानी र पिछा गरेको थियो । काठमाडौंको ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा तलासी लिँदा उनको ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा ¥यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएको थियो ।

प्रहरीका अनुसार उनले क्याप्सुल निलेर ल्याएकी अनुमान गरिएको छ । पक्राउ परेकी महिलालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर