पर्यटकको प्रति दिन खर्च एक सय २५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य

सरकारले पर्यटन प्रवद्र्धनका लागि नेपालमा प्रतिदिन पर्यटकको खर्च बढाउने नीति अख्तियार गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सरकारले आगामी दश वर्षमा प्रतिपर्यटक खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको हो । पर्यटन प्रवद्र्धनका लागि सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाए । प्रतिपर्यटक प्रतिदिन औसत खर्च एक सय २५ डलर पु¥याउने लक्ष्य लिइएको छ ।

सन् २०२३ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर रहेको छ । त्यस्तै, सन् २०२२ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०-५ अमेरिकी डलर रहेको छ । विदेशी पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा पनि वृद्धि भएको छ । सन् २०२३ मा पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा सीमान्त वृद्धि भएको छ । यस अवधिमा पर्यटकको औसत बसाई १३.२ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१.० अमेरिकी डलर रहेको छ । सन् २०२२ मा पर्यटकको बसाइ अवधि औसत १३.१ दिन रहेको थियो । सन् २०११ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको थियो ।

आर्थिक सर्वेक्षणअनुसार विशिष्ट प्रकृतिका पर्यटकीय गन्तव्य र उपजका कारण नेपाल विश्वकै प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको छ । भूकम्पबाट क्षतिग्रस्त अधिकांश सांस्कृतिक एवं पर्यटकीय सम्पदाको पुनः निर्माण सम्पन्न हुनाका साथै नयाँ पर्यटकीय गन्तव्यको समेत विकास हुँदै गएको छ । दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र कोभिड महामारी पूर्वको अवस्थामा आइपुगेको छ ।

पर्यटन क्षेत्रले गति लिँदै गएसँगै होटल व्यवसाय चलायमान हुँदै गएका छन् भने पर्यटकबाट प्राप्त हुने आम्दानी उल्लेख्यरुपमा बढेको छ । पछिल्लो दशक (२०१४–२०२३) मा भूकम्प र कोभिड–१९ महामारीको बाबजुद ६६ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो दशकमा प्रतिवर्ष औसत पर्यटक आगमन ६ लाख ६१ हजार रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *