स्वास्थ्य सेवा विभागले खेर फाल्यो दुई अर्ब बढीको खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षेनि लगाउने विभिन्न निः शुल्क खोपहरूमध्ये करिब ४३।७ प्रतिशत खोप खेर गएको देखिएको छ ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गत दिइने करिब २ अर्ब २३ करोड ८ लाख २१ हजार रुपैयाँ बराबरको खोप मितव्ययी र व्यवस्थित योजना नभएकै कारण खेर गएको पाइएको हो ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभागले खोपको खरिद, भण्डारण, ढुवानी, उपयोग तथा वितरण समग्र खोपको मौज्दात अवस्था, आगामी वर्ष दातृ निकायबाट प्राप्त हुने खोपको संख्या तथा खोपको आवश्यकताको अध्ययन र विश्लेषण गरी खोप योजना नबनाएको औँल्याएको छ ।

खोप कार्यक्रम मितव्ययी र व्यवस्थित रूपमा सञ्चालन गर्न खोप मापदण्डअनुसारको योजना बनाई सो अनुरूप कार्यक्रम सञ्चालन नगरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

साथै, स्वास्थ्य सेवा विभागको लापरबाही र हेलचेक्र्याइँकै कारण चीन सरकारबाट अनुदानमा प्राप्त भएको एक अर्ब ५६ करोड ६८ लाख मूल्य बराबरको २० लाख भायल खोप पनि खेर गएको प्रतिवेदनमा बताइएको छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै बीसीजी खोप खेर गएको छ ।

बीसीजीको खोप करिब ६७ करोड रुपैयाँ बराबरको ७९।४ प्रतिशत खेर गएको छ । त्यसपछि दादुराको पहिलो र दोस्रो गरेर करिब ७२ करोड रुपैयाँ बराबरको खोप खेर गएको छ भने पोलियोको करिब १५ करोड रुपैयाँ बराबरको खोप खेर गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *