यी हुन् चितवन दुर्घटनामा घाइते प्रहरी जवानसहित २३ जना (नामावलीसहित)

चितवनको नारायणगढ-मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार मृतक अन्दाजी १६/१७ वर्षको किशोरको परिचय खुलेको छैन।घाइते २३ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ भने १३ जना मध्यम र तीन जना सामान्य घाइते छन्। सामान्य घाइते भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का २६ वर्षीय सुवास कार्की डिस्चार्ज भइसकेका छन्। उनी जिप्रका चितवनको नियन्त्रणमा छन्।

घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टार र ४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

घाइतेहरूमा प्यूठानको नौबहिनी गाउँपालिका-७ का २८ वर्षीय सुधन केसी, प्यूठानको प्यूठान नगरपालिका-१० का ३६ वर्षीय निरज केसी, मालारानी गाउँपालिका-२ कि ३६ वर्षीया निर्मला भूसाल, गौमुखी गाउँपालिका-७ का २५ वर्षीय सुरज सुनार छन्। सुरज जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान रहेको डिएसपी रिजालले जानकारी दिए।

त्यस्तै अर्घखाँचीको सितगंगा नगरपालिका-८ कि २९ वर्षीया पवित्रा दर्लामी, प्यूठानको झिमरूक नगरपालिका- ७ का २८ वर्षीय पुरन गिरी, प्यूठानको प्यूठान नगरपालिका-८ का २० वर्षीय समिर केएम, सारुमहारानी गाउँपालिका-४ का ३६ वर्षीय तारापति बुढाथोकी, ३५ वर्षीया मुनादेवी बुढाथोकी,  ऐरावती गाउँपालिका-६ कि ५६ वर्षीय मनदेवी थापा, गाउँपालिका नखुलेको प्यूठानकै ६० वर्षीय पदम थापा घाइते छन्।

प्यूठानकै प्यूठान नगरपालिका-१० का २१ वर्षीय सुशील केसी, प्यूठान नगरपालिका-४ कि १७ वर्षीय प्रतिभा भण्डारी, प्यूठान नगरपालिका-८ कि १८ वर्षीया सलिसा थापा, प्यूठान नगरपालिका-१ का ३८ वर्षीय प्रकाश केसी, प्यूठान नगरपालिका-८ का ५३ वर्षीया पार्वता केसी, नौबहिनी गाउँपालिका-३ का ३२ वर्षीय गौरव झाँक्री, गौमुखी गाउँपालिका-३ का २९ वर्षीय दीपक सुनार, प्यूठान नगरपालिका-८ का २५ वर्षीय सन्तोष केसी र अर्घखाँचीको सितगंगा नगरपालिका-८ का ४९ वर्षीय रामबहादुर दर्लामी घाइते छन्।

गएराति साढे १२ बजे चितवनको भरतपुर नगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको थियो।

डिएसपी रिजालका अनुसार ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको हो। यसबारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए।

चारवटा गाडी ठोक्किँदा नारायणगढ-मुग्लिन सडक राति साढे २ बजेसम्म अवरूद्ध भएको थियो। त्यसपछि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड बिहानसम्म दुवैतर्फ सञ्चालनमा रहेको डिएसपी रिजालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *