अब घर र गाडी किन्न सजिलो, यस्तो छ नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले घर र गाडी किन्न सजिलो हुने गरेर निर्देशिका जारी गरेको छ ।

राष्ट्र बैंकको मौद्रिक नीतिको त्रैमासीक समीक्षा परिवर्तन भएको नीतिलाई निर्देशिका ल्याएर कार्यान्वयनमा ल्याएको हो । जसले घरजग्गा तथा गाडीको कारोबार बढाउने अपेक्षा गरिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदमा समेत सजिलो नीति ल्याएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

यसअघि प्राथमिक पुँजीको १ प्रतिशतमात्र सेयर बिक्री गर्न पाउने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थालाई सेयर बिक्री गर्न नै रोक लगाउने नीति लिएको हुँदा संस्थागत लगानीकर्ता भनेर चिनिने बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा सेयर किन्न छाडेका थिए । राष्ट्र बैंकको नीतिले बीमा कम्पनी तथा अन्य समूहमा सेयरमा माग बढाउने अपेक्षा राखिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यावसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत र घर जग्गा खरिद÷निर्माण प्र्रयोजनमा प्रवाहित कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम सीमा ७० प्रतिशत हुने व्यवस्था लागू गरेको छ ।

यसले मुख्य रुपमा निश्चित आम्दानी भएका तलबी व्यक्तिलाई घरजग्गा किन्न फाइदा हुन्छ । गाडीमा कर्जामा रहेको १२५ प्रतिशतको जोखिमभारलाई १०० प्रतिशतमा ल्याइएको छ । जसले गाडी कर्जा दिन बैंकहरुलाई सजिलो हुन्छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीकोष अनुपतलाई सामान्य रुपमा सहयोग गर्ने गरेर निर्देशिका आएको छ । असर कर्जाको नोक्सानीको व्यवस्था समेत ०.५ प्रतिशतले घटेको छ । १.२५ प्रतिशत असल वर्गको कर्जामा नोक्सानी व्यवस्थाको लागि रकम छुट्टाउनुपर्नेमा अब १.२० प्रतिशत रकम छुट्याएमा हुने भएको छ ।

एक वर्ष भन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.२० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ ।

उदाहरणको लागि, कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.३० प्रतिशत, दोस्रो वर्ष ०.६० प्रतिशत , तेश्रो वर्ष ०.९० प्रतिशत र चौथो वर्षदेखि १.२० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ । रेशम, जुट, कपास लगायतका कृषि खेती र व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलपूmल खेतीका लागि प्रदान गरिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत, दोस्रो वर्ष ०.६ प्रतिशत र तेश्रो वर्षदेखि १.२० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्थाले कुखुरापालन व्यवसायका लागि प्रवाह गरेको कर्जा बर्डफ्लु रोगका कारण साविकको भुक्तानी तालिका वा शर्त बमोजिम चुक्ता गर्न नसक्ने भई कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्नु परेमा एक पटकलाई ऋणीको ऋण तिर्ने लिखित योजना, धितो सुरक्षणको पर्याप्तता र भविष्यमा ऋण तिर्न सक्ने क्षमताका आधारमा पुनसंरचना वा पुनरतालिकीकरण गरेको अवस्थामा १.२० प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सक्ने गरी पुनरतालिकीकरण/पुनरसंरचना गर्न सकिने छ ।

यसरी पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जाहरुलाई असल कर्जाको रुपमा वर्गीकरण गर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *