संसदको गतिरोध अन्त्यबारे शीर्ष नेताको बैठक निष्कर्षविहीन

संसदको गतिरोध अन्त्यबारे छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक निष्कर्षविहीन टुंगिएको छ ।

सहकारीको बचत अपचलन प्रकरणमा दलहरुबीच संसदीय छानबिन समिति बनाउने सहमति भए पनि समितिको कार्यादेश (टीओआर) टुंगिन सकेको छैन । त्यसका लागि कार्यदल बनाइए पनि कार्यदले टीओआर टुंग्याउने जिम्मा फेरि शीर्ष नेतालाई फर्काएको छ ।

यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहालले अन्य दलका शीर्ष नेतासँग वार्ता जारी राखेका छन् । तर, सत्ता पक्ष र प्रतिपक्ष दल कांग्रेसबीच अझै सहमति हुन नसकेको हो ।

बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

त्यस्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र कार्यदलका सदस्य जीवन परियार सहभागी थिए ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल, कानून मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *