सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः कांग्रेस

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरु गम्भीर नभएको बताए ।

कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरु, बचतकर्ताहरुको बचतको सुरक्षा र ती पीडितहरुले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खाजेको बताए ।

परियारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताए । सही ढंगबाट छानबिन हुनुपर्ने कांग्रेसको माग रहेको उनको भनाइ छ ।

‘हामी अत्यन्त गम्भीर भएका छौं । कांग्रेस पार्टीले लामो समयदेखि अघिल्लै सदनदेखि नै लाखौंलाख सहकारी पीडितहरु, बचतकर्ताहरुको बचतको सुरक्षा र ती पीडितहरुले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खोजेका छन् । पहिलो प्राथमिकता त्यसमा छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *