चौतर्फी आलोचनापछि मह जोडीले मागे माफी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको प्रकरणमा दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले माफी मागेका छन् ।

हाल कार्यक्रमका लागि अस्ट्रेलियामा रहेका मह जोडीले एक भिडियो सार्वजनिक गर्दै अदालतमा विचाराधीन विषयमा बोल्नु आफूहरूको गल्ती भएको बताएका हुन् । मह जोडीले अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको गल्ती भएको अभिव्यक्ति दिएका थिए, जसका कारण सामाजिक सञ्जालमा उनीहरुको चर्को आलोचना भएको थियो । यस्तै, अस्ट्रेलियामा मह जोडी सहभागी हुन लागेको कार्यक्रम पनि प्रभावित हुने जोखिम बढेको थियो ।

‘अस्ति नै हामी एउटा क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौँ, त्यही बेला त्योभन्दा गम्भीर रूपमा अर्को अदालतमा विचाराधीन विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनुभएको रहेछ,’ मदनकृष्णले भिडिओमा भनेका छन्, ‘एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौँ के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस हामीले गरेका छौं ।’

हरिवंशले अदालतमा विचाराधीन भइरहेको मुद्दाको विषयमा आफूहरुले नबोलेको भए हुने बताएका छन् । ‘यो हामीबाट त्रुटि भयो, भूल भयो, त्यसको लागि तपाईंहरूले आफ्नै मान्छे सम्झेर, यत्रो वर्ष आफ्नै मान्छे सम्झेर माया गरिदिनुभयो, यो पल्ट पनि तपाईंहरूले सबै कुरा बिर्सिएर माफ गरिदिन अनुरोध गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *