डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा भारतसँग समन्वय जरुरीः आईजीपी अर्याल

सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल—भारतबीच समन्वय गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुनजन्य विपद् जोखिमसम्बन्धी सरोकारवालसँगको छलफलमा बोल्दै महानिरीक्षक अर्यालले सिंचाइ, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबीच समन्वय गरी कोशीमा ३ मिली क्युसेकभन्दा माथि पानी पुगेपछि कोशीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको बताए ।

उनले दुवै देशबीच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको उल्लेख गरे । आईजीपी अर्यालले अहिलेसम्म दुबै पक्षबीच समन्वय र समझदारी नदेखिएको बताए । महानिरीक्षक अर्यालले त्यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक रहेको धारणा राखे ।

‘हेपी इक्युमेण्टहरु भौतिक मन्त्रालयसँग छ भनिन्छ तर सुरक्षा निकायहरुसँग टच नै हुँदैन । हेबी सवारी साधनहरु सुरक्षा निकायलाई दिए मिलाएर हामी चलाउँला नभए पनि उहाँहरुको ड्राइभरसँगै बसेर पनि त्यहाँ जान सकिन्छ । काठमाडौं आउने मुख्य राजमार्ग दुई दिनसम्म बन्द भयो भने राम्रो प्रभाव पर्दैन । मुख्य राजमार्ग एक घण्टाभन्दा बढी बन्द गर्दै नगर्ने । प्रत्येक जिल्लामा कम्तीमा दुई दिनलाई पुग्ने खाद्यान्न लगायतका वस्तुहरु मौज्दात राख्ने व्यवस्था गर्नुपर्छ । सुरक्षा निकायले तत्काल काम गर्नुपर्ने हुन्छ तर मन्त्रालयको आदेश लगायत समन्वय बिना काम गर्न समस्या हुन्छ । प्रमुख जिल्ला अधिकारीहरुको कोषमा धेरै पैसा छ तर खर्च भएको छैन । एक रुपैयाँ पनि कतै खर्च हुँदैन । तत्काल खर्च गर्ने मन्त्रालयले आदेश दिनुपर्छ । अहिले ६ अर्ब रकम रहेछ,’ आईजीपी अर्यालले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *