बढुवा भएका ४ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) बाट डीआईजी (प्रहरी नायव महानिरीक्षक)मा बढुवा भएका ४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी वसन्त कुँवरले न नियुक्त डीआईजीहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् ।

जेठ ४ मा बढुवा समितिले गरेको सिफारिस अनुसार आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा नियुक्तिको निर्णय गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *