नेपाली चेली स्नेहा केसी अष्ट्रेलियाको प्रान्तमा चुनाव लड्दै

अष्ट्रेलियाको क्यापिटल टेरेटाेरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा नेपालकी चेली स्नेहा लता केसीले  प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

उनले त्यहाँ हुने निर्वाचनमा प्रदेश सभा पदका लागि आफ्नो उम्मेदवारी दिन लागेकी हुन् । स्नेहालाई एक सभामा अरु प्रतिस्पर्धीबीच ७ मिनेट भाषण गर्न लगाइएको थियो । उनले अन्य प्रतिस्पर्धीको भन्दा उत्कृष्ट भाषण दिएपछि सबै चकित भएका थिए। स्नेहाले त्यहाँकै भाषामा आफ्नो उत्कृष्ट अभिव्यक्ति दिँदै सबैको ध्यान आफुतीर केन्द्रित गरेकी थिइन् ।

उनीसँगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा रोचक र समसामयिक भाषण गरेपछि उनको अभिव्यक्ति सबैले रुचाएका थिए । जसमा भोटिङ चेक  पाँच सदस्यीय प्यानलमा तीनद्वारा अन्तरवार्तासंगै पाँच जना जनताबाट प्रश्न उत्तर कार्यक्रम राखिएको थियो । उनको अभिव्यक्ति सुनेपछि त्यहाँका जनताले उनलाई चुनाव लड्न अघि सारेका हुन् ।

अष्ट्रेलियाकाे क्यापिटल टेरेटाेरीमा विगत २८ वर्ष देखी लेबर नामक पार्टी सरकारमा छ । निरन्तर २८ वर्ष सम्म एउटै पार्टीको सरकार भएपनि जनताका आवस्यकता अनुसारको काम नहुँदा जनताहरुमा बितृष्णा छाउदै गएपछि त्यहाँ अहिले नयाँ राजनीति दल स्थापन हुने क्रम जारी छ । जसरी नेपालमा पुराना पार्टी प्रतिको जनताको वितृष्णाले नयाँ राजनीति दल खोलिएका छन् ।

क्याम्बेरिया प्रान्तका जनता पनि पुराना राजनीति दलको विकल्पको रुपमा पुराना राजनीति दलप्रति छाउदै गएको बितृष्णा र निराशाले नयाँ दल प्रती आकर्षण बढ्दो छ।  विगत २८ वर्ष देखी निरन्तर सरकारको नेतृत्व गरिरहेको लेबर पार्टीको विकल्पको खोजीमा त्यहाँका जनताहरु छन् । जसरी नेपालमा पुराना दलको विकल्पको रुपमा नयाँ दल खोलिएको छ त्यसरी नै त अष्ट्रेलिया क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फोर क्यान्बेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ ।

सोही पार्टीबाट स्नेहा चुनाव लड्ने भएकी हुन् । उनी त्यहाँ स्थित निर्वाचन क्षेत्रका मतदाताकै राय सल्लाहमा चुनावमा होमिएकी हुन् । त्यहाँका मतदाताले नै उनको सात मिनेटको रोचक र समसामयिक अभिव्यक्ति सुनेर चुनाबमा अघि सारेका हुन् ।  नेपालगन्जमा जन्मिएकी स्नेहा पहिला देखी नै अष्ट्रेलिया बस्दै आएकी थिइन् । उनी त्यहाँको वासिन्दा भैसकेकी छन् ।

उनी २०११ मा अस्ट्रेलिया गएकी थिइन् ।  स्नेहा  नेपालमा हुँदा रजिस्ट्रार्ड नर्स थिइन् । यतिमात्र होईन उनी अभिनेतृ समेत हुन् । उनले नाम चलेका  विज्ञापन र म्युजिक भिडियोमा नेपाल हुँदा अभिनय समेत गरेकी थिइन् । उनी पूर्व सञ्चारकर्मी समेत हुन् । उनले हिमालय टेलिभिजनमा आबद्ध भई काम गरेकी थिइन्।

उनले नेपालमा रहँदा विभिन्न संघसंगठनमा आबद्ध रहि नेतृत्वदायी भुमिका निर्वाह गरिसकेकी छिन् ।  नेतृत्व गर्न अब्बल क्षमता भएकी स्नेहा सामाज सेवा भनेपछि भुतुक्कै हुन्थिइन्। राजनीति माध्यमबाट समाज सेवा गर्नुपर्छ र राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्ने धारणा उनको छ ।  ‘राजनीति निस्वार्थ भावनाले जनताको सेवाका लागी गर्नुपर्छ, राजनीति कुनै पेशा होईन सेवा हो, राजनीति कुनै आयआर्जन र आम्दानीको श्रोत होईन, जीवन भर जनताको सेवक हुन्छु भन्नेले मात्रै राजनीतिमा लाग्नुपर्छ भन्ने मेरो मान्यता हो,’ स्नेहाले भनिन्।

उनी भन्छिन्, ‘मलाई पहिला यहाँ आउँदा यो समाज व्यवस्थित  लाग्थ्यो, तर काम गर्दै जाँदा यहाँ  हरेक कुरामा अनियमितता हुने गरेको मैले देखे । म यहीँ ठाउँको बासिन्दा भैसकेपछि यो क्षेत्र सुधार गर्नु मेरो पनि दायित्व  हो भन्ने कुरा महसुस गरे, विशेष गरी यहाँ स्वास्थ्य क्षेत्रको अवस्था भयानक छ, यहाँ स्वास्थ्य सस्थामा धेरै अनियमितता  हुन्छ, मेरो जित भयो भने यो सुधार गर्ने मेरो पहिलो योजना छू  स्वास्थ्य क्षेत्र सुधार गर्ने उद्येश्य सहित निर्वाचनमा हाेमिएकी स्नेहाले थप्दै भनिन् ,’ म बिरामी भएर इमर्जेन्सीमा जाँदा  रातभरी कुरेकी छु, यहाँ चिकित्सकको अभावका कारण  बिरामीहरुले सास्ती खेप्दै आएका छन् , उपचारका लागि टाढा जानुपर्ने बाध्यता छ यो जटिल समस्या हटाउनुपर्छ भन्ने मेरो योजना हो ।’ आफु बस्ने ठाँउको अवस्था परिवर्तन गर्नु सवै नागरिकको कर्तव्य भएकाले आफु चुनाब लड्न लागेको उनको भनाई छ ।

अष्ट्रेलियामा ८ वटा प्रान्तहरु छन्  । अष्ट्रेलियन क्यपिटल टेरेटाेरीमा  २५ जनाले  सरकार बनाउने गरेका छन् । चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बाहेक इन्डिपेन्डेन्स फोर  क्यान्बेरा , लेबर, लिबरल, ग्रीन्स जस्त अन्य पार्टीहरु छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *