घुस मागेको आरोपमा राष्ट्र बैंकका अधिकारी कर्णमाथि छानबिन गर्दै अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा छानबिनका लागि राष्ट्र बैंकका सञ्चालक समितिका तत्कालीन सदस्य सुबोधकुमार कर्णलाई हाजिर हुन बोलाएको छ ।

अख्तियारले आज सूचना जारी गर्दै कर्णलाई ३० दिनभित्र हाजिर हुन बोलाएको हो । कर्णमाथि एक व्यापारिक घरानाका सदस्यसँग घुस मागेको आरोप छ । ‘नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्यले व्यवसायिक घराना सम्बद्ध व्यवसायीसँग घुस मागेको भन्ने उजुरीबारे अध्ययन गर्न’ सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकको सञ्चालक समिति सदस्य हुँदा कर्णले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग म्यासेजमार्फत ३० हजार डलर घुस मागेको आरोप छ । उनीविरुद्ध उजुरीसमेत परेपछि अख्तियारले बोलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर