राअविका एसपीकाे नक्कली सर्टिफिकेट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) हेमन्त चौधरीविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी विभागमा जागिर खाएको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको छ ।

नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले चौधरीलाई कैद र जरिवाना सजायको माग गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारका अनुसार चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेका थिए ।

सेवा प्रवेशका साथै बढुवाको लागिसमेत उनले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *