प्राइम सहकारीको डेढ अर्ब ठगी आरोपमा ६६ जनाविरुद्ध मुद्दा दायर

पोखरास्थित प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा आइतबार ६६ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सहकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

प्राइमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापालगायत विरुद्ध मुद्दा दायर भएको छ । पौडेल, थापासहित ९ जना पक्राउ परेका थिए । उनीहरुको हकमा अदालतमा मुद्दाको सुनुवाइ हुने भएको हो । अन्य आरोपित फरार छन् ।

उनीहरुले बचतकर्ताको रकम अपचलन गरेको मुद्दामा उल्लेख छ । उनीहरुले सर्वसाधारणको बचतबाट व्यक्तिगत घरजग्गा किन्ने, फर्जी खात खोलेर रकम हिनामिना गर्ने, मिटरब्याजमा लगाउने गरेको पाइएको प्रहरी अनुसन्धानमा देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *