४० वर्षमा ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै सरकारी बेरुजु फर्स्याैट

आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० का बेरुजु ४० वर्षमा ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै फर्स्याैट भएको कुमारी चाक तथा केन्द्रीय तहसिल कार्यालयले जानकारी दिएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयले यस्तो जानकारी दिएको हो ।

समिति बैठकमा बोल्दै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय प्रमुख नमूना कार्की दाहालले आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सम्मको सरकारी बेरुजुको ३६ लाख ४४३७ रुपैयाँ मात्रै लगत कट्टा गर्न सफल भएको बताइन् । प्रमुुख कार्कीले लागत कट्टा रकम हेर्दा कार्यालयको कार्यक्षमता कमजोर देखिएको स्वीकार गरिन् ।

उनले आर्थिक वर्षगत रुपमा बेरुजु लगत कट्टा हेर्दा महालेखापरीक्षकको कार्यालयबाट प्राप्त १६८५ थान प्रतिवेदनका ठेलीहरुलाई कम्प्युटरमा ल्याएपछि १८ अर्ब १६ करोड १३ लाख ३२ हजार ७०७ रहेको बताइन् ।  उनले कार्यालयले सरकारी कार्यालयहरुको श्रणपरीक्षण गर्ने,लगत कट्टा गर्ने काम गर्दा अहिलेसम्म १ अर्ब ८८ करोड ७० लाख ६ हजार मात्रै बेरुजु फछ्र्यौट गर्न सफल भएको बताइन् ।

कार्कीले अझै आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सालसम्मको सरकारी कार्यालय वा मन्त्रालयगत बेरजु १५ अर्ब ९ करोड ६ लाख ४२ हजार ५०३ रहेको बताइन् । राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८ मन्त्रालयहरुको फछ्र्योट हुन बाँकि बेरुजु चालु विगत ४० वर्षमा १५ अर्ब ९ करोड पुगेको कुमारी चाक तथा केन्द्रिय तहसिल कार्यालयले दिएको जानकारी दिइन् ।

उनले कार्यालयमा बेरुजु फछ्र्यौट नगर्ने व्यक्तिलाई थुनामा राख्नसक्ने अधिकार भएपनि उपसचिवको नेतृत्व लगायत कर्मचारीको अभावको कारण सोचे जस्तो काम गर्न नसकिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *