रक्षामन्त्री उप्रेतीद्वारा सैनिक हवाई सेवाको निरीक्षण

रक्षामन्त्री हरि प्रसाद उप्रेतीले गौचरस्थित सैनिक हवाई सेवा अन्तर्गत मध्य एयर वेश, विशिष्ट उडान सेवा तथा हवाई प्राविधिक सेवाको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा उप्रेतीलाई मध्य एयर वेशमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले स्वागत गरेका थिए । सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थिति लगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराएका थिए ।

सोही अवसरमा उप्रेतीले मध्य एयर वेशमा रहेका सैनिक हवाई साधन तथा उपकरणहरूको अवलोकन गरे । रक्षा मन्त्री उप्रेतीले सकलदर्जालाई सम्बोधन समेत गरे । सम्बोधनका क्रममा उनले सैनिक हवाई सेवा लगायत अन्तरगतका युनिटहरूबाट विपद् उद्धार, विकास निर्माण लगायतका क्षेत्रहरूमा सम्पादन भएका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीहरू लगायत सैनिक हवाई सेवाका सकलदर्जाको उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *