टिममा सन्दीप जोडिएपछि रोहितको प्रतिक्रिया- ‘विकेटटेकर बलर एड हुनुभएको छ’

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् ।

आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले वेस्ट इन्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको बताए । विकेटटेकर बलर लामिछाने टिममा भित्रएकाले उनको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने पौडेलको भनाइ छ ।

श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको पौडेलले बताए । उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने उल्लेख गरे ।

‘‘वेस्ट इन्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ । विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाइको टी २० मा । अब राम्रो हुनेछ,’ श्रीलंका टिम राम्रो छ । हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई । धेरैजसो डट बल भइरहेको छ । १४० बनाउन सक्यो भने जित्ने सम्भावना हुन्छ,’ पौडेलले भने, ‘सुरुवाति ब्याट्सम्यानले राम्रो गर्न सके सबैमा आत्मविश्वास आउँछ । हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ । यो टुर्नामेन्ट अप डाउन भइरहेको छ । प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *