वरिष्ठलाई कनिष्ठ बनाउँदा प्रहरीमा मनोबल घटेको छः राणा

राप्रपाका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य धवलशमशेर राणाले नेपाल प्रहरीको बढुवाको विषय संसद्मा उठाएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रहरी सेवामा कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको आरोप लगाए ।

‘प्रहरी सेवामा एसएसपीको बढुवाको कुरा धेरै चर्चामा आएको छ । कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको छ । यस्तो भयो भने प्रहरी सेवामा प्रहरीहरुको मनोवल घट्छ । र यो देशको हितको लागि पक्कै हुने छैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *