गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मनाङे छैटौंपटक मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्री नियुक्त गरेका छन् ।

नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकाटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरुले आज नै प्रदेश प्रमुखबाट शपथ लिइसकेका छन् ।

मनाङे छैटौंपटक प्रदेशको मन्त्री बनेका हुन् । माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका देवकोटाले फ्लोर क्रस गरेर सोमबार पाण्डेलाई विश्वासको मत दिएका थिए ।

राप्रपा, देवकाटा र मनाङेको साथ कारण कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत प्राप्त गर्न सहज भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *