मोदीसँग प्रधानमन्त्री दाहालको कुराकानी संसद्लाई जानकारी गराउन एमालेको माग

सत्तारुढ प्रमुख घटक एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै उनले दुई मुलुकबीचको थाँति रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेको कुराकानी संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गरेका हुन् ।

संसदको विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैंले अग्रसरता लिनुपर्ने पनि उनले बताए । सांसद पन्तले सार्क अलपत्र परेकाले नेपाल सरकारले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौंमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने पन्तको भनाइ छ ।

‘सार्क लथालिंग भयो । सार्क मात्रै होइन, सार्क युनिभर्सिटी, जो दिल्लीमा छ । त्यसको पनि सार्कको समयमा बैठक नबसेको कारण त्यसमा विभिन्न देशहरुले बजेट दिनुपर्नेमा त्यो समयमा नआएको कारणले यो समेत लथालिंग हुने अवस्थामा पुगेको छ । सार्कको अध्यक्ष भएको नेपालले यो विषयमा इनिसिएशन लिनुपर्छ कि पर्दैन ? यो विषयमा आफ्नो धारणा प्रष्ट राख्नुपर्छ कि पर्दैन ?’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर