वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरीलाई ७ वर्ष कैद

काठमाडौं जिल्ला अदालतले वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको आदेश दिएको छ ।

न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई कैद र जरिवानाको फैसला गरेको हो । गत जेठ १३ मा अदालतले दोषी ठहर गरे पनि सोमबार सजाय निर्धारण गरेको हो ।

गिरीविरुद्ध उनकै पत्नी आरती रावलले २०८० वैशाख १९ मा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरी मुद्दा दायरपछि निलम्बित भएका थिए ।

उनले गत वैशाख ३ मा जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *