सिक्किमका मुख्यमन्त्री गोलेले लिए शपथ

भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथ लिएका हुन् ।

गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । उनीसँगै मन्त्रिपरिषद्का ११ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन् ।

विधायकहरु सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुंगेल, पुरनकुमार गुरुङ, पिन्ट्सो नामग्याल लेप्चा, नर बहादुर दहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रुपमा शपथ ग्रहण गरे ।

सिक्किममा गत १९ अप्रिल २०२४ मा सम्पन्न विधानसभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ सिटमध्ये ३१ सिटमा जीत हासिल गरेपछि नयाँ सरकार गठन भएको हो । शपथग्रहणपछि बोल्दै मुख्यमन्त्री गोलेले आफू सरकारमा आएपछि सिक्किम–नेपालको सम्बन्ध विस्तार गर्न धेरै पहलहरु भएको बताऐ ।

उनले चिवा भञ्ज्याङ् सीमालाई सुचारु गराउन सिक्किम तर्फको सडक निर्माण लगायतमा कामहरु बाँकी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *