सरकारले आफ्नालाई पठाउन विभिन्न देशको राजनीतिक फिर्ता बोलाउने गलत निर्णय गर्‍यो : काँग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न देशका राजदुतहरु हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन् ।
मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताए । प्रवक्ता महतले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदुत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए । सरकारले देशको लागि काम गर्ने नभई आफ्नालाई पठाउन राजदुत फिर्ता बोलाउने निर्णय लिएको उनको भनाई थियो । प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताए ।

उनले भने, ‘भारत सरकारले नियन्त्रणा ग¥यो, उहाँ जानु भयो । त्यसमा त मलाई केही भन्नु छैन । अव प्रतिफलमुखि हुने भनेको चाँही हामी आफैमा निर्भर छ । हामीले आफ्नो आवश्यक्ता, आफना कुराहरुलाई ठिक ढंगले राख्न सक्यौ भने, बुझाउन सक्यौ भने, तर्कपूर्ण तरिकाबाट प्रस्तुत हुन सक्यौं भने हाम्रो मूलभूत राजनीतिको समस्या के छ भने हामीमा आत्माविश्वासको कमी छ । कहिलकाँही हामी चाहिनेभन्दा बढि प्रतिक्रिया दिन्छांै । कहिले हामी बोल्नुपर्ने ठाउँमा पनि बोल्दैनौं । यो जुन प्रवृत्ति छ । त्यसले नेपालको जुन हैसियत विकसित गर्नुपर्ने हो । र, आफ्ना राष्ट्रिय स्वार्थहरुलाई प्रोटेक्ट गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौ । जस्तो उहाँहरुले तमाम राजदुतहरुलाई हटाउनु भयो । अव अमेरिका, बेलायत, भारतका राजदूतहरु अत्यन्तै प्रोफेशनल हुन । जसले नियुक्ती गरेको भएपनि उहाँहरु नियुक्ति गर्नेहरुप्रति लोयल होइन, देशको प्रतिनिधित्व गरिरहनुभएको छ । जुनसुकै सरकार भएपनि देशको हितका लागि उहाँहरुले काम गरिरहनुभएको छ । त्यसको बाबदुत यो जसरी गरियो पूर्वाग्रहपूर्ण तरिकाबाट । यो अत्यन्त व्यवसायिक हैसियत राख्ने केही महत्वपूर्ण राजदूतहरु हुनुहुन्छ । उहाँहरुले सिर्फ नेपालको हित कसरी हुन्छ ? भनेर काम गरिरहनु भएको छ । उहाँहरुले कुन पार्टीको सरकार भनेर काम गरिरहनुभएको छैन । तापनि यो सरकारको के प्राथमिकता भयो भने मेरो मान्छे पठाउनु प¥यो । देशको लागि काम गर्ने मान्छे होइन । मेरो मान्छे त्यहाँ पठाउनु प¥यो भन्ने मान्यताबाट यो निर्णय भएको छ । यो गलत छ । र यो भ्रमणको शिलशिलामा हुने भनेको त झन राम्रो होइन । ’

प्रवक्ता महतले प्रधानमन्त्रीको भारत भ्रमणअघि सो निर्णय लिनु झनै उपयुक्त नभएको प्रतिक्रिया पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *