प्रदेश आवश्यक हो की होइन एकपटक सोचौँ : काँग्रेस सांसद मिश्र

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्नेबारेमा सोच्ने बेला भएको बताएका छन् । मंगलबारको राष्ट्रियसभाको बैठकमा उनले लोकतान्त्रिक संघीय गणतन्त्र ल्याएको तर बजेटको अधिकतम हिस्सा त्यसैको पालन पोषणमा लगाएर देश विकासलाई पछाडि धकेलेको बताए ।

उनले एकपटक सर्वदलीय सरकारको गठन गरेर संविधान संशोधन गर्न आवश्यक रहेको बताए । मिसन २०८४ भनेको उमेर पुगेका मान्छेलाई रिटायर गर्ने कुरा जस्तो लागेको उनले बताए ।

सांसद मिश्रले ठूला नेताहरूको क्षेत्रमा बजेट विनियोजन भएको भन्दै आपत्ति जनाए । उनले नेपाल वायु सेवा निगम पब्लिक प्राइभेटमा लैजान जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *