अमेरिकी राजदूत डिन थम्प्सनले बुझाए राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन्। राजदूत थम्प्सनले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन्।

ओहदाको प्रमाणपत्र बुझाएपछि सामजिक सञ्जाल ट्वीटरमा लेख्दै राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु गौरवको कुरा भएको उल्लेख गरेका छन्। उनले अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्लो समयलाई उछिनेको सुनिश्चित गर्न नेपालका नेता र जनतासँग काम गर्न आफू तत्पर रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले नियुक्त गरेका राजदूत थम्प्सन जिम्मेवारी सम्हाल्न गत असोज २६ गते नेपाल आएका थिए। अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी थम्प्सनले १५ असोजमा राजदूत पदको सपथ लिएका थिए । उनी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको स्थानमा आएका हुन् ।

उनी नेपालको राजदूत नियुक्त हुनुअघिसम्म विदेश मन्त्रालयको दक्षिण र मध्य एशिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका थिए । उनी सन् २०२० देखि सन् २०२१ सम्म कार्यवाहक सहायक सचिव थिए ।

थम्प्सनले भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतको रूपमा पनि काम गरिसकेका छन्। अंग्रेजीबाहेक उनी रोमानियाली र बङ्गाली भाषामा पनि दख्खल राख्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर