माओवादी स्थायी समितिको बैठक बस्दै, पदाधिकारीहरुको छनोट हुने

पदाधिकारीहरुको चयन गर्न नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ। पेरिसडाँडास्थित पार्टी मुख्यालयमा हुने बैठकले पदाधिकारीको अतिरिक्त, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिलाई पनि पुर्णता दिने बताइएको छ ।
माओवादीको महाधिवेशन गत पुसमै सम्पन्न भएपनि हालसम्म समितिहरुले पूर्णता प्राप्त गर्न सकेको छैनन् । पदाधिकारी छनोटका लागि बिहीबार नै स्थायी समितिको बैठक बस्ने भनेपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।

शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्ने पदाधिकारीहरुको सूचीमा छलफल गर्ने तयारी भएको बताएको छ । माओवादीको विधान अनुसार अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *