विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध
९ मंसिर २०८० ७:२०
प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको नियन्त्रणबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।
नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग शुक्रबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेको उनको सचिवायलयले जनाएको छ । मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे ।
भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयका साथै व्यापार, लगानी, विकास सहायता तथा नेपालीलाई कतारमा रोजगारीका अवसर उपलव्ध गराउनेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
- सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
- आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
- उपप्रधानमन्त्री लामिछानेको स्पष्टिकरण- न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ
- बीवाईडी गाडी किन्दा ग्लोबल आईएमई बैंकबाट सहजै कर्जा पाइने
प्रतिक्रिया