शिक्षामन्त्री पौडेल बागलुङका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।
बागलुङमा दुई सङ्घीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि उनी जिल्लाको दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका हुन् । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पौडेलको स्थायी घर बागलुङ क्षेत्र नम्बर १ मा पर्दछ ।
नेकपा (माओवादी केन्द्र) बागलुङका अनुसार बागलुङ क्षेत्र नम्बर १ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरिएको माओवादी केन्द्र बागलुङका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिए ।
उनका अनुसार बागलुङ क्षेत्र नम्बर २ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाको नामसमेत सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्रका हिसाबले क्षेत्र नम्बर २ ले र भूगोलका हिसाबले क्षेत्र नम्बर १ ले सिफारिस गरेको हो । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का लागि दुई जनाको नाम सिफारिस गरिएको छ ।
उक्त प्रदेश सभा सदस्यका लागि यज्ञवल्लभ शर्मा र चक्रपाणी कंडेले सिफारिस भएका छन् । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा कुलचन्द्र शर्माको नाम सिफारिस गरी पठाइएको जिल्ला इन्चार्ज शर्माले बताए ।
बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा क र ख का लागि उम्मेदवारहरूको नाम सिफारिसका लागि छलफल भइरहेको माओवादी केन्द्र बागलुङले जनाएको छ ।
- विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
- एक वर्षमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारको आँकलन
- पर्यटन, आइटी, जलविद्युत, सिमेन्ट र कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन
- निर्माण सामग्री सम्बन्धी विधेयकमा करिब ४ सय वटा संशोधन
प्रतिक्रिया