विजय गच्छदार सुनसरी–३ बाट उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन् । सोही क्षेत्रबाट उनी ६ पटक प्रतिनिधि सभा सदस्यमा विजयी भइसकेका छन् ।

यस्तै सुनसरी क्षेत्र – ३ बाट समानुपातिकतर्फ हरिप्रसाद सापकोटा, सप्पनकुमार दास, कपलेश्वर यादव, कल्पना चौधरी, समित्रा थरुनी, सीता भुसाल, सरिताकुमारी यादव र हेमलता चौधरी सिफारिस भएका छन् ।

यस्तै सुनसरी क्षेत्र नं ३ (क) बाट प्रत्यक्षमा ओम थापा, महेश बाँस्तोला, जितेन्द्र केसी, दीपक ढकाल, रोहित प्रसाईँ, रामरोहन चौधरीको नाम सिफारिस भएका छन् ।

समानुपातिकमा गोपालराज भण्डारी, हाजी महम्द अबदुल मियाँ, विष्णुबहादुर डाँगी, सूरज दास (थारू), रामहृदय रामात राजु, सुवोध घिमिरे, प्रकाश चौधरी, ईश्वर तामाङ, देवेन्द्र चौधरी, अंयुब हुसैन, कल्पना कार्की, दिलमाया डाँगी, सुनितन गच्छतार, पन्छी बाइबार, बिमला प्रधान, रेखा कौर प्रसाईँ, उर्मिलादेवी चौधरी, लक्ष्मीकुमारी ठाकुर, कौहिलाकुमारी सुनुवार, रामपरी चौधरी, ममता चौधरी, रमला तामाङ, लक्ष्मी भट्टराई र राधा तामाङ सिफारिस भएका पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए ।

त्यसैगरी सोही क्षेत्रको नम्वर ३(ख) मा प्रत्यक्षमा कदमलाल चौधरी, वीरेन्द्रकुमार साह, गणेशकुमार राय, प्रदीपकुमार चौधरी, गौरीशंकर रौनियार, रामचन्द्र राय, तालुराम माझी, रेशमलाल चौधरी, विन्देश्वर यादव, प्रेमबहादुर गौतम, शिवप्रसाद दङ्गाल, वीरनारायण चौधरी, मरिचमान चौधरी, शमशेर चौधरी, अर्सपी यादवको नाम सिफारिस भएको छ ।

समानुपातिकमा रघुनन्दन चौधरी, उमारजन थापा, ब्रहमप्रकाश रौनियार, गिरधारीप्रसाद साह (हलुवाइ), दीपक राय, रामदेव यादव, शुभकलाल राय, वासुदेव राम, ताराचन्द चौधरी, रामकुमार थापा, अख्तरराइम हुसैन, सूर्यनारायण पासवान, सुरवीर उपाध्याय, सुनिता दाहाल साह, कृष्णाकुमारी विक, इमा मिश्रा आचार्य र कोशिला चौधरीलाई सिफारिस गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *