राष्ट्रपति भण्डारीले बेलायती महारानीको निधनमा दूतावास पुगेर व्यक्त गरिन् दुःख
२४ भदौ २०७९ १६:२७
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेकी छन्।
काठमाडौंस्थित बेलायती राजदूतावासमा पुगेर उनले त्यहाँ राखिएको शोक पुस्तिकामा पहिलो हस्ताक्षर गर्दै महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरेकी हुन्।
एलिजाबेथ द्वितीयाको निधनपछि काठमाडौंस्थित बेलायती राजदूतावासले झण्डा झुकाएको छ भने दूतावासमा शोक पुस्तिका राखेको छ।
महारानी एलिजाबेथकाे बिहीबार ९६ वर्षकाे उमेरमा निधन भएकाे थियाे।
प्रतिक्रिया